Online Bichar
शनिबार, आश्विन ०५, २०८१ | Saturday, September 21, 2024

रफाह, ४ असोज २०८१ । उत्तर र मध्य गाजामा इजरायलले गरेको ट्याङ्क र हवाई हमलामा कम्तीमा १४ जना प्यालेष्टिनीहरूको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले अधिकारीहरूलाई उद्धृत गर्दै छापेको समाचारका अनुसार मध्य गाजामा रहेको नुसिरात शरणार्थी शिविरमा इजरायली ट्याङ्कले हमला गरेका थिए ।

गाजा शहरको उत्तरमा भने हवाई हमला भएको थियो । इजरायली ट्याङ्क इजिप्टको सीमा नजिक उत्तर पश्चिमी रफाहतिर बढिरहेको स्थानीयहरूले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ ।

रफाहमा अभियान चलाइरहेको सुरक्षा बलले गएको हप्ता सयौँ आतंकवादीलाई मारेको इजरायली सेनाले बताएको छ । आफ्नो सेनाले रफाहमा सुरुङ, विस्फोटक पदार्थहरू खोजी खोजी सैन्य संरचना ध्वस्त पारिरहेको उसको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया