Online Bichar
शुक्रबार, आश्विन ०४, २०८१ | Friday, September 20, 2024

जेबि खड्का
गौरादह, ३ असोज २०८१ । पहिलो पाईला नेपाल नामक संस्थाले गौरादह नगरपालिका वडा नं.८ को कार्यालय परिसरमा वृक्षारोपण गरेको छ। कार्यक्रमका प्रमुख अतिथि तथा गौरादह नगरपालिका वडा नं.८ का वडाध्यक्ष गणेश कुमार राजवंशीले कार्यक्रमको उद्घाटन गरेका थिए।

वडाध्यक्ष राजवंशीले उद्घाटन पछि वातावरण संरक्षणमा बोटबिरुवा तथा हरियाली आवश्यक रहेकाले संस्थाले कार्यालय परिसरमा वृक्षारोपण गरेकोमा धन्यवाद ज्ञापन गरेका छन। पालिका स्थापना भएपछि वडा कार्यालयले जग्गा ब्यबस्थापन गरि भवन निर्माण गरेर २०७६ सालमा त्यस स्थानमा सरेको थियो। वडा कार्यलय परिसरमा संस्थाले बोट बिरुवा रोपेर हरियाली बनाउन सहयोग गरेको छ।

वडा कार्यालय परिसरमा असोक, निम, स्वामी, शिरीष, आँप, पारिजात, धुपी, कपुर र अमला जातका बिरुवा परिएको थियो। केन्द्रीय कार्यालय काठमाडौंमा रहेको पहिलो पाईला नेपाल संस्थाको शाखा कार्यलय गौरादहमा स्थापना भएपछि पहिलो कार्यक्रम वृक्षारोपण गरेको हो। युवा समुदायको बाहुल्यता रहेको संस्थाले समाज रुपान्तरणका क्षेत्रमा काम गर्ने संस्थाका केन्द्रीय कोषाध्यक्ष दिवस खतिवडाले जानकारी गराएका थिए। कार्यक्रममा संस्थाका दमक अध्यक्ष राजु निरौला, दमक उपाध्यक्ष लबराज खड्का लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका गौरादह शाखा संयोजक भुपेन्द्र निरौलाको सभापतित्वमा कार्यक्रममा संस्थाका पदाधिकारी, स्थानीयबासि र बिद्यार्थीहरुको सहभागीता रहेको थियो। संस्थाका गौरादह शाखा सदस्य लिला खत्रीले स्वागत मन्तब्य राखेको कार्यक्रममा सदस्य सुस्मिता भुजेलले कार्यक्रम संचालन गरेकी थिईन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया