Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

विराटनगर, २ असोज २०८१ । प्रदेशसभा बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत मागेका हुन् ।

‘मेरो नेतृत्वमा कोशी प्रदेश सरकार गठन भएयता केही सकारात्मक सन्देश प्रवाह गर्ने गरी अघि बढ्ने प्रयत्न सरकारले गरिरहेको छ’, उनले भने, ‘प्रदेशमा आशाको सञ्चार सिर्जना गरेको छ ।’

माओवादी केन्द्रले सरकार छाडेपछि कार्कीले विश्वासको मत लिन लागेका हुन् । कोशी प्रदेशसभामा सत्तारुढ कांग्रेस र एमालेको स्पष्ट बहुमत छ । कांग्रेस, एमाले गठबन्धन बनेपछि नै कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

तपाईको प्रतिक्रिया