Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

काठमाडौँ, २ असोज २०८१ । चाडबाड नजिक आएसँगै ग्राहक आफूतिर तान्न विभिन्न कम्पनीहरूले योजना सार्वजनिक गरेका छन् । अर्थतन्त्र चलायमान हुने यो समयमा आफ्नो उत्पादन थप बिक्री गर्नका लागि हरेक क्षेत्रका कम्पनीले केही न केही अफर ल्याउँछन् । त्यसमध्ये इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पनि योजना सार्वजनिक गरेका छन् । इन्टरनेट सेवा प्रदायकमध्ये केहीले दसैँ अफर सार्वजनिक गरिसकेका छन् भने केहीले गर्ने योजनामा छन् ।

वर्ल्डलिंकमा कार जित्न सकिने
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दसैँ तिहारलाई लक्षित गरेर ‘कार्निभल’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बम्पर उपहारमा ‘नामी’ ब्रान्डको विद्युतीय कार राखिएको छ ।

नयाँ प्रयोगकर्ता र नवीकरण गर्ने दुवै खालका प्रयोगकर्ता यो योजनामा सहभागी हुन सक्नेछन् । तर खल्तीबाट भुक्तानी गर्ने उपभोक्ता मात्रै यसमा सहभागी हुन पाउने वर्ल्डलिंकले जनाएको छ ।

त्यसका साथै सामसङ र बोटका विभिन्न सामग्रीमा ३९ प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ ।

क्लासिक टेकको निःशुल्क इन्टरनेट
क्लासिक टेकले दसैँ लक्षित ‘तिमीलाई पनि मलाइ पनि’ अफर सार्वजनिक गरेको छ ।

कम्पनीले क्लासिक टेक मोबाइल एपबाट रिफर गर्दा रिफर गर्ने र रिफर मार्फत इन्टरनेट र टिभी जडान गर्ने दुवै जनाको हात खाली नहुने जनाएको छ ।

कम्पनीका अनुसार रिफर गर्ने ग्राहकले ४ महिना इन्टरनेटका साथै टिभी र रिफरमार्फत इन्टरनेट जडान गर्ने ग्राहकले २ महिनासम्मको इन्टरनेटका साथै टिभी बोनस पाउनेछन् । यस योजना अन्तर्गत डुवल ब्याड राउटर समेत निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

रिफर अफर १२५ एमबीपीएसदेखि ३०० एमबीपीएस सम्मको १ वर्षको इन्टरनेट र टिभी जडान गर्दा लागू हुनेछ । १२५ एमबीपीएस जडान गर्दा प्रतिमहिना ३०३ रुपैयाँ र २०० एमबीपीएस जडानमा प्रति महिना ५९१ रुपैयाँ लाग्ने क्लासिक टेकले जनाएको छ ।

डिशहोमको तीन महिना बोनस
डिशहोमले चाडपर्व लक्षित ‘खुसीको सेलिब्रेसन’ योजना ल्याएको छ । यसअन्तर्गत ग्राहकले तीन महिनाको इन्टरनेट बोनस प्राप्त गर्नेछन् । २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक इन्टरनेट प्याकेजहरूमा यो अफर लागु हुने कम्पनीले जनाएको छ ।

सुविसुको एक महिना निःशुल्क
इन्टरनेट सेवा प्रदायक सुविसुले रिफर अफर ल्याएको छ । यो अफरअन्तर्गत इन्टरनेट जडान गर्ने र रिफर गर्ने दुवैले एक महिना निःशुल्क प्रयोग गर्न पाउनेछन् । यसमा एक महिनाको इन्टरनेट तथा क्लियर टिभी दुवै निःशुल्क दिइएको कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया