Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

भक्तपुर, ३१ भदौ २०८१ । भक्तपुरमा बसमा शव झुन्डिएको अवस्थामा फेला परेको हो। आइतबार भक्तपुरको च्यामासिंह बसपार्कमा पार्क गरी राखिएको बा ३ ख ६६३८ नम्बरको बसमा २० वर्षीय प्रदीप स्यांताङको शव फेला परेको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

परिसरका डीएसपी मोहन मणि अधिकारीका अनुसार मृत स्यांताङ काभ्रे जिल्ला महाभारत गाउँपालिका-३ निवासी हुन। उनी भक्तपुर नगरपालिका-९ स्थित च्यामासिंह बस्दै आएका थिए। बिहान ६ बजेतिर बसमा एक व्यक्तिले आत्महत्या गरेको खबर प्रहरीले पाएको थियो।

खबर प्राप्त भएर पछि तत्कालै परिसरबाट प्रहरी घटना स्थल पुग्दा झुन्डिएको अवस्थामा फेला परेको हो। भक्तपुर परिसरकाले घटनाको प्रकृति हेर्दा आत्महत्या भएको हुन सक्ने जनाएको छ। प्रहरीले पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाएको छ।

तपाईको प्रतिक्रिया