Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

झापा, ३० भदौ २०८१ । झापाका पाँच पालिकाले भोलि सार्वजनिक बिदा दिएका छन्। इस्लाम धर्मावलम्वीहरुको पैगम्बर हजरत महमद मुख्ताफ सल्लल्लाहो अलौही वासल्लमको १४५३ औ जन्मजयन्तीका अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, बाह्रदशी, कचनकवल, झापा र गौरीगञ्ज गाउँपालिकाले भोलि सोमबार स्थानीय बिदा दिएका हुन्।

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाँई, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया र कचनकवल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले छुट्टाछुट्टै सूचना जारी गर्दै अति आवश्यकबाहेक पालिकाको कार्यालय, मातहतका शाखा, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरू बन्द रहने जनाएका छन्।

तपाईको प्रतिक्रिया