Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

झापा, ३० भदौ २०८१ । झापाका वामपन्थी नेता लोकबन्धु कन्दङ्वा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

माओवादी केन्द्र झापाले आइतबार बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कन्दङ्वालाई प्रवेश गराएका हुन्।

उनी दुई वर्षअघि नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्यबाट राजीनामा दिएका पार्टी राजनीतिबाट अलग बनेका थिए।

त्यस्तै आजैको कार्यक्रममा करिब ५० जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका छन्।
उनीहरूलाई पनि अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका थिए।

 

तपाईको प्रतिक्रिया