जेबि खड्का
गौरादह, २८ भदौ २०८१ । गौरादह साना किसान महिला कृषि सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाको १५ औं बार्षिक साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले साधारणसभाको उद्घाटन गरेका थिए।
उद्घाटनपछि मेयर सुवेदीले कृषि सहकारीले नगरपालिका भित्र पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए। कृषि सहकारीले किसानलाई आम्दानी बृद्धि गर्न र आर्गनिक खेती गर्न प्रेरित गरेको जानकारी गराएका थिए। नगरवासिले आम्दानीको स्रोत बढाउन र समस्या परेका समयमा सहज आर्थिक सहायताका लागि कुनै सहकारी संस्थामा आबद्ध रुहनु आजको आवश्यकता रहेको धारणा राखेका थिए।
साधारणसभाको सभापति समेत रहेकी संस्थाकी अध्यक्ष तुलशा भुजेलले १५ औं साधारणसभाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै किसानलाई खेती प्रणालीमा सहजताका लागि समय समयमा तालिम दिएको, बेमौसमी तरकारी खेतीका लागि टनेल बितरण गर्नुका साथै रैथाने बालि संरक्षणका लागि बीउ बिजन निःशुल्क वा अनुदानमा उपलब्ध गरि किसानलाई प्रोत्साहन गर्ने संस्थाले अवधारणा अघि सारेको जानकारी गराईन। संस्थाले सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत संस्थाको कार्यक्षेत्र भित्र रहेका सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई बित्तिय साक्षरता कार्यक्रम संचालन गर्ने, संस्थाले कृषि सँग सम्बन्धित सरकारी वा अन्य संघ संस्था सँगको सहकार्यमा प्राङ्गगारिक मल तथा जैबिक बिषादी उत्पादन, प्रबर्द्धन तथा बजारीकरणको अवधारणा ल्याउने जानकारी गराएकी थिइन।
साधारणसभामा संस्थाकी लेखा सुपरिवेक्षण समिति संयोजक मिना कुमारी तिम्सिनाले लेखा प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक बर्ष २०८०/०८१ मा १ करोड ६४ लाख ५४ हजार ७सय ३१ आम्दानी गरेको जानकारी गराइन। कुल शेयर पुँजी १ करोड ५२ लाख ७७ हजार ६ सय रहेको संस्थाले गत आर्थिक बर्षमा ३१ लाख ५० हजार ४५ रुपैयाँ खुद नाफा गरेको जानकारी गराएकी थिइन। साधारणसभाका अवसरमा जेष्ठ सदस्य २७ जना, असल ऋणी १२ जना, उत्कृष्ट बाल बचत ४ जना, उत्कृष्ट समूह बचत ४ जना, उत्कृष्ट उद्यमी कृषक २ जनालाई सम्मान गरिएको थियो।
सोहि अवसरमा संस्थाका पुर्ब संचालक समितिका पदाधिकारी ४ जना र लेखा समितिका पदाधिकारी २ जनालाई पनि जनालाई सम्मान गरिएको थियो। सेयर सदस्यका छोराछोरीहरु मध्ये गत बर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रतीक कोईराला र स्रेगा अधिकारी का साथै प्लस टु मा उत्कृष्ट अंक ल्याउने रिस्ता दंगाल र कृसला दाहाललाई पुरस्कृत गरिएको थियो। कार्यक्रममा गौरादह नगरपालिका उपमेयर जलबर्षा राजवंशी, नेपाल कृषि सहकारी केन्द्रीय संघ उपाध्यक्ष मिना ढकाल, जिल्ला कृषि सहकारी संघ कोषाध्यक्ष यसोदा भण्डारीले शुभकामना मन्तब्य राखेका थिए।संस्थाकी उपाध्यक्ष कमला देबि लिम्बुले स्वागत मन्तब्य राखेको कार्यक्रममा ब्यबस्थापक अभिषेक गर्तौलाले कार्यक्रम संचालन गरेका थिए।