Online Bichar
आइतबार, भाद्र ३०, २०८१ | Sunday, September 15, 2024

मेरिल्यान्ड, १७ भदौ २०८१ । अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन् । पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएका हुन् । गत अगस्त २७ (मंगलबार)उनी मृत फेला परेका हुन् ।

गणित शिक्षक रहेका प्रधान सन् २०१५ मा अमेरिका पुगेका थिए । उनि सन् २०२२ मा मेरिल्याण्ड ब्यापार गर्न पुगेका थिए । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् । उनको शव नेपाल फर्काउने तयारी गरिएको बताइएको छ ।

मृत्युको कारण पत्ता नलागेको मेरिल्याण्डवासी प्रविन भण्डारीले बताएका छन् । उनको शव नेपाल पठाउन कागजी प्रक्रिया भैरहेको उनले बताए । यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो । पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका थिए ।

मुना नेपाल भोजपुरकी स्थायी बासिन्दा हुन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

तपाईको प्रतिक्रिया