Online Bichar
आइतबार, भाद्र ३०, २०८१ | Sunday, September 15, 2024

विराटनगर, १७ भदौ २०८१ । सन् २०२२ को फेब्रुअरी २४ देखि सुरु भएको रुस–युक्रेन युद्धमा अहिलेसम्म ३६ जना नेपालीको मृत्यु भएको सरकारको एक तथ्याङ्कले देखाएको छ । यद्यपि उक्त तथ्याङ्क सरकारले अहिलेसम्म आधिकारिक रूपमा सार्वजनिक गरेको छैन ।

प्राप्त विवरणमा हालसम्म सरकारी संयन्त्रमा सम्पर्कमै नरहेको भनी खोजी र फिर्ताका लागि निवेदन दिएको र घाइते वा अन्य कारणले फिर्ता गराइदिन अनुरोध गरिएको गरी कुल ३३१ वटा निवेदन परेको छ ।

हालसम्म मृत्यु भएको भनेर परराष्ट्र मन्त्रालयले पुष्टि गरेका व्यक्तिहरूमा राजकुमार रोका, शुक्रबहादुर तामाङ, भरतबहादुर शाह, देवन राई, प्रितम कार्की, गंगाराज मोक्तान, रूपक कार्की, सन्दीप थपलिया, कन्दन सिंह नागल, हरिप्रसाद अर्याल, राजकुमार गिरी, धनसिंह पुन, पूर्णबहादुर गुरुङ, सुन्दर मुक्तान, गंगाराम अधिकारी, पदमबहादुर घिमिरे, सञ्जय केसी, नवीन शाही, जितबहादुर वि।क।, अनितकुमार साह, खगेन्द्र राईका मगर, विरवल राई, बलराम गुरुङ, तेजबहादुर शाही, सुरेन्द्र राना,, लालबहादुर बुढा, राज थारु, फुर्वा शेर्पा, सुरज वि।क।, नेत्रबहादुर घर्ती, शङ्कर दमाई, साजन गुरुङ, घनश्याम परियार, शान्तबहादुर मोक्तान, सञ्जीव आचार्य र नवीन शाही छन् ।

यस्तै नेपाली राजदूतावासबाट मृत्यु प्रमाणित भएर आउन बाँकी रहेकाहरूमा विकाश राई, नेत्रबहादुर थापा, उदयराज थारु, प्रितम राई, ललित सिंह डोबाल, हेमकुमार मगर, तारा प्रकाश घर्ती र रामकुमार बुढा मगर छन् ।

सरकारी तथ्याङ्क अनुसार हालसम्म युक्रेनी सेनाको कब्जामा ६ जना नेपाली रहेको जनाइएको छ । जसमा विवेक खत्री, सिद्धार्थ ढकाल, विकास राई, प्रितम पुन, सुजन सुवेदी र ईश्वर लामिछाने छन् ।

यस्तै घाइते भएर उपचाररत रहेका नेपालीको सङ्ख्या ५ जना रहेको र स्वदेश फर्किएकाहरूको सङ्ख्या १६२ जना रहेको जनाइएको छ । डीएनए टेष्टका लागि अनुरोध भएकाहरूको सङ्ख्या २२ जना छ । जसमध्ये १५ वटा डीएनए टेष्ट नतिजा रुसको मस्कोस्थित नेपाली दूतावासमा पठाइएको छ । यस्तै २ जनाको डीएनए टेष्टका लागि परिवारलाई जानकारी गराइएको छ । ५ जनाको डीएनए टेष्टका लागि प्रहरी प्रधान कार्यालय, नक्साललाई पछिल्लो पटक पठाइएको छ ।

परिवारका सदस्यबाट सहमति लिएर उतै दाहसंस्कार भई ५ जनाको अस्तुधातु नेपाल पठाएर परिवारलाई बुझाइएको छ । तथ्याङ्क अनुसार क्षतिपूर्तिका लागि नेपाल राजदूतावास मस्कोबाट ६ जनाको कागजात माग भएको छ । जसमा रूपक राई, देवान राई, प्रितम कार्की, गंगाराज मोक्तान, सन्दीप थपलिया र राजकुमार रोका छन् ।अन्नपूर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया