Online Bichar
आइतबार, भाद्र ३०, २०८१ | Sunday, September 15, 2024

ललितपुर, १६ भदौ २०८१ । थाइराइडको क्यान्सरको उपचार गराइरहेकी एक महिला अस्पतालको तेस्रो तलाबाट हामफाल्दा मृत्यु भएको छ । ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा भर्ना भएकी महिला शनिबार अस्पतालबाट हामफालेकी थिइन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङ हामफालेर गम्भीर घाइते भएसँगै पाटन अस्पतालमा भर्ना गरिएकोमा आइतबार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

साउन २४ देखि क्यान्सर अस्पतालमा उपचाररत उनी शनिबार अस्पतालको ए ब्लकको तेस्रो तलाबाट भुइँमा हाम फालेकी थिइन् ।

 

तपाईको प्रतिक्रिया