भैरहवा, १६ भदौ २०८१ । रुपन्देही प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा कोटहीमाई गाउँपालिका कार्यालयका दुई कर्मचारीसहित तीन जनालाई पक्राउ गरेको छ। कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी मनोहर चौधरी,उद्यम विकास सहजकर्ता मुकेश चौधरी र बंटी भन्ने शैलेश पाण्डे पक्राउ परेका हुन्।
रुपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौड ९कहार०ले कार्यालयका दुई जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको पुष्टि गरे। उनले भने, ‘कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको मैले पनि फेसबुकहरुबाट थाहा पाए। कानुनअनुसार प्रक्रिया अघि बढ्छ ।’
‘जबरजस्ती करणी मुद्दामा तीन जनाको नाम किटान गरेर जाहेरी प्राप्त भएको छ’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डिएसपी मनोहर प्रसाद भट्टले भने ‘जस अनुसार हामीले तीन जना युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ। पुरै विषय खुलिसकेको छैन ।’
उनले सामुहिक बलात्कार भएरनभएको लगायत विषयमा अनुसन्धान भइरहेकोले अहिले नै केही भन्न नसकिने बताए। घटना केही दिन अघिको र घटनास्थल लुम्बिनी क्षेत्रमा रहेको प्रहरीले जनाएको छ।