Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

गौरादह, १५ भदौ । गौरादह सामुदायिक पुस्तकालय तथा सामुदायिक सिकाई केन्द्रको आयोजनामा आज गौरादहमा १७ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइयो । ‘निरन्तर शिक्षका लागि पुस्तकालय’ भन्ने नाराका साथ माध्यमिक तहका विद्यार्थीहरुबीच वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरेर पुस्तकालय दिवस मनाइएको हो ।

प्रतियोगितामा गौरादह, कमल र गौरीगञ्ज क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यिालयका १५ जना विद्यार्थीहरुले भाग लिएका थिए । “गौरादहको सेरोफेरोमा गौरादह सामुदायिक पुस्तकालयको महत्व” शीर्षकमा सम्पन्न प्रतियोगितामा नमुना माध्यमिक विद्यालयकी छात्रा सुमेधा कोइराला प्रथम, माउण्ट एभरेष्ट माध्यमिक विद्यालयकी छात्रा समृद्धि ढुंगाना द्वितीय, ज्ञानकुञ्ज माध्यमिक विद्यालय गौरीगञ्जकी छात्रा किन्जल कुँवर तृतीय र अम्मर मावि गौरादह ९ का छत्र अनुप घिमिरेले सान्त्वना स्थान प्रप्त गरेका थिए ।

कार्यक्रममाका प्रमुख अतिथि पुस्तकालयका संस्थापक अध्यक्ष तथा गौरादह बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख भोजराज दाहालले पुस्तकालय ज्ञान तथा सिकाइको केन्द्र भएको बताउँदै यसको सदुपयोगले विद्यार्थीहरुको साथै समुदायको बौद्धिक विकासमा समेत मद्दत पु¥याउने बताउनुभयो । पुस्तकालयमा गई अध्ययन गर्ने बानीको विकास गर्नुपर्ने बताउँदै उहाँले अतिरिक्त क्रियाकलापको माध्यमबाट बालबालिका, युवा तथा प्रौढ सबै उमेर समुहका सबैमा व्यवहारिक ज्ञानको विकासमा टेवा पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रमका सभापति सुरेशबहादुर पौडेलले पुस्तकालयको संरक्षण, सम्बद्र्धन र विकासका लागि सबैले सहयोग गर्नुपर्ने बताउँदै पुस्तकालयको सदुपयोग र विकासले समाजको पनि दिगो विकास हुने बताउनुभयो । पुस्तकालय ज्ञानको भण्डार हो र पुस्तकालयमा धेरै पुस्तक अध्ययन गर्ने सुविधा हुन्छ भन्दै उहाँले गौरादह सामुदायिक पुस्तकालयलाई थप व्यवस्थित गर्न सबैको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अतिथि वक्ता ध्रुब गौतमले दैनिक जीवनमा पठन संस्कृतिको विकासले समाजको प्राज्ञिक क्षमतालाई अझ निखार्ने बताउँदै स्थानीय सरकारले पुस्तकायलाई विशेष प्राथमिकतामा राख्दै त्यसको संरक्षण र संबद्र्धन गर्नुपर्ने बताउनुभयो ।

वि.सं. २०५३ सालमा रिड नेपालको सहयोगमा स्थापना भई हाल गौरादह बजारमा अवस्थित गौरादह सामुदायिक पुस्तकाल प्रमुख अम्बिका पौडेलले पुस्तकालयको संक्षिप्त परिचय प्रस्तुत गर्दै सार्वजनिक पुस्तकालयहरु सभ्यताको आधार भएको बताउनुभयो ।

प्रतियोगितामा निर्णयकको भूमिकामा शिक्षा क्षेत्रका अग्रणी व्याक्तित्वहरु कृष्ण न्यौपाने, खगेन्द्र न्यौपने र भगवती ढकाल रहनुभएको थियो । १७ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसार पारेर कार्यक्रममा अन्य विविध शीर्षकका पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गरिएको थियो ।

गौरादहका दर्जनौं सामाजिक संघसंस्थाकाका प्रमुख तथा प्रतिनिधि साथै समाजका अगुवा व्याक्तित्वहरुको आतिथ्यता रहेको कार्यक्रम चिन्तामणी काफ्लेले संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया