Online Bichar
मंगलबार, आश्विन ०१, २०८१ | Tuesday, September 17, 2024

काठमाडौं, ८ भदौ २०८१ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष १३ लाख ७८ हजार ६११ हेक्टर क्षेत्रफलमा अर्थात् ९८.५ प्रतिशत रोपाइँ भएको जनाएको छ । गत वर्षभन्दा चार प्रतिशत बढी रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्ष भदौ ७ गतेसम्म ९४.६ प्रतिशत रोपाइँ भएको थियो ।

सात वटा प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । कोशी प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेश र कर्णाली प्रदेशमा ९९.२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा ९८.३ र गण्डकी प्रदेशमा ९७.८ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले जानकारी गराउनुभयो । सबैभन्दा बढी धान खेती हुने मधेश प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ ।

कृषि मन्त्रालयका अनुसार मधेश प्रदेशमा ९७.३ प्रतिशत रोपाइँ भएको छ तर अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी रोपाइँ भएको हो । गत वर्ष यसबेलासम्म ८९.२ प्रतिशत मात्र रोपाइँ भएको थियो । मधेश प्रदेशमा तीन लाख ८६ हजार १५० हेक्टर क्षेत्रफलमध्ये तीन लाख ७५ हजार ६१४ हेक्टरमा रोपाइँ भएको छ । यस पटक रोपाइँमा वृद्धि भएका कारण उत्पादनमा पनि वृद्धि हुने कृषि मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया