Online Bichar
मंगलबार, आश्विन ०१, २०८१ | Tuesday, September 17, 2024

काठमाडौं, २५ साउन २०८१ । अभिनेता राजेश हमाल आठ वर्षपछि चलचित्रको पर्दामा फर्कन लागेका छन् । २०७३ मा पछिल्लो चलचित्र बागमतीमा अभिनेताको रुपमा काम गरेका राजेशले त्यसपछि चलचित्र खेलेका थिएनन् । यतिबेला अभिनेता नयाँ चलचित्र ‘नरसिंहाः अवतार’ मार्फत पर्दामा फर्कन लाग्दैछन् ।

यो चलचित्रलाई दिवाकर भट्टराई निर्देशन गर्दैछन् । अभिनेता राजेश हमाललाई मुख्य भूमिकामा अनुबन्धित गर्दै निर्देशक भट्टराईले बिहिबार चलचित्र नरसिंहाः अवतार निर्माण घोषणा गरेका हुन् । यो चलचित्रमा उनले अभिनेता हमाललाई आईतबार मात्र अनुबन्धित गरेका थिए ।

दर्शकले आफुलाई बारम्बार नयाँ चलचित्र कहिले आउँछ भनेर सोधिरहेको बेला यो चलचित्रको कथा मन परेपछि अनुबन्धित भएको अभिनेता हमालले बताएका छन् । यस अघि उनी अनुबन्धित भएको एउटा चलचित्रको छायाँकन हुन नसकेपछि हमालले आफ्नै निर्माण निर्देशनमा चलचित्र बनाउने पनि बताएका थिए । अब भने यो चलचित्रमार्फत उनी पुन आउने भएका छन् ।

राजेश हमालले यो चलचित्रमा युद्ध र शान्तिको अवधारणमा काम गर्नेछन् । यतिबेला चलचित्रको अवधारणा पोष्टर पनि सार्वजनिक गरिएको छ ।

निर्देशक भट्टराईका अनुसार भगवान विष्णुको नरसिंह रूपको अवधारणामा यो चलचित्र निर्माण हुँदैछ । यो चलचित्र एक्सन प्रधान हुने पनि उनले बताएका छन् । अभिनेता राजेश हमालको पुन आगमन दर्शकका लागि रोचक हुने यी निर्देशकको कथन छ । चलचित्रको बाँकी कलाकार चयन गरेर असोजदेखि यो चलचित्रको छायाँकन सुरु गरिने भएको छ ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्रको जानरा खुलाइए पनि निर्माणपक्षले कथा’दयगत केही जानकारी गराएको छैन । हमालको अपोजिटमा नायिका को हो, अन्य मुख्य कलाकार को–को हुन्, निर्माता को हो भन्ने’दयगत पनि निर्देशकले केही खुलाएका छैनन् । थिम पोस्टर पनि यसमा मौन छ । फिल्मको लगानी भने तीन करोडभन्दा माथि हुने बताइएको छ ।

दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।

 

तपाईको प्रतिक्रिया