Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

काठमाडौं, २२ साउन २०८१ । बुधबार देशभर साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा धेरै भारी वर्षाको र एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

बुधबार राति देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया