Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

झापा, ११ साउन २०८१ । माछा मार्ने क्रममा पानीमा डुबेर घाइते भएका एक व्यक्तीको उपचारको क्रममा मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका-४ बस्ने ४० वर्षिय चुन्दे मुर्मुको मृत्यु भएको हो ।

मुर्मु र सोही ठाउ बस्ने ३५ वर्षिय अक्तर मियाँ गौरीगञ्ज गाँउपालिका-१ स्थित टुनु बस्ति नजिकै रहेको पानी जमेको होलिमा माछा मार्ने क्रममा आज दिउँसो चुन्दे मुर्मु पानीमा डुबि घाईते भएका थिए । उनलाई उपचारको लागि नगर अस्पताल शिवगंजमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो सम्बन्धी कानूनि प्रकृया लगायत अन्य थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया