Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

काठमाडौँ, १० साउन २०८१ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले देशभरिका अदालतमा सहकारी ठगीसम्बन्धी ६८५ वटा मुद्दा रहेको जानकारी दिएको छ।

समितिले सहकारीसँग सम्बन्धित मुद्दाहरुको सम्बन्धमा महान्यायाधिवक्ता र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारसँग आज छलफल गरेको छ।

बिहीवारको समितिको बैठकमा समितिले महान्यायाधिवक्ता रमेश बडाल, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक सूर्यवंश शर्मा कँडेलसँग छलफल गरेको हो।

उनीहरुसँग सहकारीसँग सम्बन्धित मुद्दाहरु, प्रहरीले गरेको अनुसन्धान, सरकारी वकिलले गरेको अभियोजन र अदालतमा परेका रिटहरुका सन्दर्भमा छलफल भएको समितिका सभापति सूर्य थापा क्षेत्रीले जानकारी दिए।

‘सहकारीसँग सम्बन्धित मुद्दाहरु, प्रहरीले गरेको अनुसन्धान, सरकारी वकिलले गरेको अभियोजन र अदालतमा परेका रिटहरुका सन्दर्भमा छलफल गर्नेगरी महान्यायाधिवक्ता रमेश बडाल, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक सूर्यवंश शर्मा कँडेललाई निम्त्याएका थियौँ‚’ सभापति थापाले भने‚ ‘नायव महान्यायाधिवक्ताहरु डा। टेकबहादुर घिमिरे, गोपालप्रसाद रिजाल, खेमराज ज्ञवाली, सञ्जिवराज रेग्मी र सहन्यायाधिवक्ता सूर्यराज दाहाल पनि उपस्थित हुनुहुन्थ्यो।’

उनले महान्यायाधिवक्ताको कार्यालयको तथ्यअनुसार सहकारी ठगीका १५१ वटा मुद्दाहरु रहेको पाइएको जानकारी दिए।

‘सहकारी ऐनअन्तर्गत ठगीका मुद्दाहरुलाई मिलापत्र गर्न खुल्ला छ तर सबै मिलापत्र हुने स्थिति छैन। नियतवश आपराधिक कार्य गरेकोमा मिलापत्र हुने स्थिति पनि हुँदैन‚’ उनले भने‚ ‘महान्यायाधिवक्ताको कार्यालयको तथ्यअनुसार सहकारी ठगीका १५१ वटा मुद्दा। ललितपुरमा १४, भक्तपुरमा ४, कास्कीमा ६, चितवनमा ९, मोरङमा ८, सुनसरीमा ६, कैलालीमा ४, रुपन्देहीमा ४, बाँकेमा ४ रहेका। जम्मा २१४ वटा फौजदारी अभियोग लागेका मुद्दाहरु रहेको जानकारी गराउनुभएको छ। मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकालले देशभरिमा ६८५ वटा मुद्दा सहकारीबारे रहेको जानकारी गराउनु भएको छ।’

सभापति थापाले समितिको आगामी बैठक भोलि ९शुक्रवार० बस्ने र सो बैठकमा प्रतिनिधिमूलक ढंगले पूर्वअर्थमन्त्रीसँग छलफल गरिने जानकारी दिए।

तपाईको प्रतिक्रिया