Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

झापा, १० साउन २०८१ । झापामा लागुऔषध खैरो हेरोइनसहित कमलका एक मानिसलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ ६ बजेको समयमा कमल गाँउपालिका-४ बस्ने ४१ वर्षिय धन बहादुर लिम्बुलाई पक्राउ गरेको हो ।

मेचिनगर नगरपालिका वडा नं.६ पुरानो मेचिपुल स्थितमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउदैं गरेको बा.५३ प.१२४५ नम्बरको मोटरसाईकल चालक कमलका धन बहादुर लिम्बुलाई शंका लागी चेकजाँच गर्दा प्लाष्टिकमा पोका पारी हेलमेट भित्र लुकाई ल्याउँदै गरेको २ ग्राम १९० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो ।

पक्राउ परेका लिम्बुको साथबाट मोवाईल २ थान, नेपाल एसबिआई बैंक लिमिटेडको ATM Card थान १, कुमारी बैंक लिमिटेडको ATM Card थान १, नेपाली नगद १० हजार र मोटरसाईकल सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लिम्बुलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया