Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

काठमाडौं, ९ साउन २०८१ । नेपाली बजारमा सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ आज १ हजार १०० रुपैयाँले बढेको हो। बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदी १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ४१६ दशमलव ६९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर २९ पैसामा कारोबार भइरहेको छ।

 

तपाईको प्रतिक्रिया