Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

९ साउन २०८१ । कतारमा रहेका भारतीय नागरिकले क्युआर कोड स्क्यान गर्न र युपीआई मार्फत भुक्तानी गर्न सक्ने भएका छन्। भारतको एनपिसिएल इण्टरनेशनल पेमेण्टस् र कतारमा मुख्यालय रहेको मध्य पूर्व र अफ्रिकाको सबैभन्दा ठूलो वित्तीय संस्था क्यूएनबीसँग सम्झौता भएपछि भारतीयले सजिलै कतारमा डिजिटल भुक्तानी गर्न सक्नेछन्।

‘कतारमा युपीआर्ईमार्फत भुक्तानी कार्यान्वयनमा आउनाले कतार भ्रमण गर्ने ठूलो संख्यामा भारतीय नागरिकलाई सहज भएको छ भने उनीहरुको गर्ने कारोबार पनि सरल भएको छ।’ एनपीसीएल इन्टरनेशनलका साझेदारी र व्यवसाय विकासका उपप्रमुख अनुभव शर्माले बताए।

खाडी सहयोग परिषद् (जीसीसी) देशहरूमा यात्रा गर्ने भारतीय पर्यटकहरूको संख्या २०२४ मा ९ दशमलव ८ मिलियन हुने अनुमान गरिएको छ। यस्तै, सन् २०२४ मा यूएईले भारतबाट ५ दशमलव २९ मिलियन भारतीय पर्यटन आउने विश्वास लिएको छ।

 

तपाईको प्रतिक्रिया