Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

झापा, ९ साउन २०८१ । झापामा एकैदिन लागुऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाँउपालिका-१ बस्ने २९ वर्षिय मौसम लिम्बु र स्कुटी पछाडी सवार सोही ठाउँ बस्ने ३६ वर्षिया सर्मिला राई, सिन्धुली साबिक बेलघारी-२ घर भई हाल सोही ठाउँको तिनपाटन गाउँपालिका-१ घर बताउने २८ वर्षिय धन बहादुर बस्नेत र मेचिनगर नगरपालिका-१० धाईजन ढाट बस्ने ३० वर्षिय सोनु तामाङ र २८ वर्षिय शुरेश गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार झापा गाँउपालिका-४ स्थित हुलाकी सडक खण्डमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चर्तागाछिबाट सुरुङगा तर्फ जादै गरेको प्र.१-०१-०१५ प ७८०८ नम्बरको स्कुटीलाई रोकी शंका लागि चेकजाँच गर्दा पक्राउ परेका मौसम लिम्बु र सर्मिला राईको साथबाट ५ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर फेला परेको जनाइएको छ । स्कुटी सहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई राखी थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्क स्थित रहेको फलामको वेन्चमा शंकास्पद अवस्थामा बस्नेतलाई बसिरहेको देखेर चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ५०० मिलीग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।

यस्तै, मेचिनगर नगरपालिका-१० धाईजन ढाट स्थितमा लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो काँकभिट्टा र इलाका प्रहरी कार्यालय धुलावारी झापाबाट खटीएको प्रहरी टोलिले सोनु तामाङलाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ८७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनिसँगै रहेको साथि शुरेश गुरुङ समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलावारीमा राखी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया