Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

काठमाडौँ, ८ साउन २०८१ । देशभर करिब ८५ प्रतिशत धान रोपाइँ भएको छ । यो वर्ष १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा ११ लाख ८१ हजार ४७० हेक्टर क्षेत्रफल अर्थात् ८४.५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

गत वर्ष साउन ५ गतेसम्म ६९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो ।

यो वर्ष हालसम्म सबै भन्दा बढी सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ सम्पन्न भएको छ । जहाँ १ लाख ७४ हजार ५७६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुनुपर्नेमा हालसम्म १ लाख ६८ हजार १५६ हजार अर्थात् ९६.३ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

यस्तै, अन्य प्रदेशको तुलनामा सबै भन्दा कम रोपाइँ मधेस प्रदेशमा ८०.६ प्रतिशत भएको छ । जहाँ ३ लाख ८३ हजार १५० हेक्टरमध्ये ३ लाख ८९ हजार १ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

यस्तै, कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टरमध्ये २ लाख २८ हजार ५१४ हेक्टर (८२.७ प्रतिशत) प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

यस्तै, बागमती प्रदेशमा १ लाख १४ हजार ५६१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुनेमा ९५ हजार ९८८ हेक्टर (८३.८ प्रतिशत) क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । जहाँ ८० हजार ९३२ हेक्टर अर्थात् ८४.३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

यस्तै, लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । जसमध्ये २ लाख ६० हजार २४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

यस्तै, कर्णाली प्रदेशमा ४१ हजार ९०४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुनेमा हालसम्म ३८ हजार ९५५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया