Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

केरला, ८ साउन २०८१ । भारतको केरला राज्यमा निपाह भाइरसका कारण १४ वर्षीय बालकको मृत्यु भएपछि स्वास्थ्य अधिकारीहरूले अलर्ट जारी गरेका छन् ।

राज्यका स्वास्थ्य मन्त्रीका अनुसार थप ६० जनामा यो रोग भएको उच्च जोखिमको श्रेणीमा रहेको पहिचान गरिएको छ । केरलाको स्वास्थ्य मन्त्री वीणा जर्जले ती बालक पाण्डिक्कड सहरका थिए र उनीसँग सम्पर्कमा आएकाहरूलाई अलग्गै राखेर परीक्षण गरिएको छ।

यस क्षेत्रका मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क लगाउन र अस्पतालमा मानिसहरूलाई भेट्न नजान जस्ता सावधानी अपनाउन भनिएको छ।

के हो निपाह भाइरस ?
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार निपाह भाइरस सङ्क्रमण सुँगुर र फ्रुट ब्याट (चमेरा) जस्ता जनावरबाट मानिसमा सर्ने ‘जुनोटिक रोग’ हो। डब्ल्यूएचओले महामारीलाई सुरु गर्ने सम्भाव्यताका कारण भाइरसलाई प्राथमिकतामा राखेको छ।

निपाह भाइरसका लक्षणहरू के के हुन् ?
प्रारम्भिक लक्षणहरूमा निम्न समावेश हुन सक्छ:

ज्वरो

टाउको दुखाइ

मांसपेशी दुखाइ

उल्टी

घाँटीको दुखाइ

केही व्यक्तिहरूमा, यो निम्नानुसार हुन सक्छस्

रिँगटा लाग्नु ररवा निद्रा लाग्नु

ररवा परिवर्तित चेतना

ररवा परिवर्तित इन्सेफलाइटिस

ररवा अटिपिकल निमोनिया

ररवा अन्य गम्भीर श्वासप्रश्वास समस्याहरू

यो कति घातक छ?
भाइरसबाट सङ्क्रमित मानिसहरूले कहिलेकाहीँ कुनै पनि उल्लेखनीय लक्षणहरू देखाउँदैनन्, जबकि अरूले तीव्र श्वासप्रश्वास समस्याहरूको सङ्केत देखाउँछन्। गम्भीर अवस्थाहरूमा, निपाह सङ्क्रमणले भ्रूण इन्सेफलाइटिस हुन सक्छ( एक गम्भीर अवस्था जसले मस्तिष्कलाई असर गर्छ।

सङ्क्रमणको उपचारको लागि कुनै औषधि वा भ्याक्सिन उपलब्ध नभएकाले भाइरस सङ्क्रमण गर्नेहरूमा मृत्युदर उच्च छ। उपचार लक्षणहरू र सहायक हेरचाह व्यवस्थापनमा सीमित छ।

निपाह भाइरस कसरी सर्छ ?
यो दूषित खानाबाट र सङ्क्रमित व्यक्तिको सम्पर्कबाट सर्छ।

विज्ञहरूका अनुसार वासस्थानको कमीका कारण जनावरहरू मानिसको नजिकमा बस्छन् र यसले भाइरसलाई जनावरबाट मानिसमा सर्न मद्दत गर्छ।

केरला राज्य सरकारले यो निपाह प्रकोप रोक्नको लागि कार्य योजना बनाइरहेको हालै घोषणा गरेको थियो । गत वर्ष, राज्यका अधिकारीहरूले पाँच जनामा सङ्क्रमण पुष्टि भएपछि स्कुल र कार्यालयहरू बन्द गरेका थिए।

भारतमा कहाँ भेटियो निपाह भाइरस ?
डब्ल्यूएचओका अनुसार सन् २००१ र २००७ मा पहिलो दुई प्रकोप पश्चिम बंगालको पूर्वी राज्यमा देखिएको थियो।

सन् २०१८ मा, दक्षिणी राज्य केरलाको कोझिकोड र मलाप्पुरम जिल्लाहरूमा देखिएको प्रकोपमा १७ व्यक्तिको मृत्यु भएको थियो।सन् २०१८ मा त्यहाँ पहिलो पटक रिपोर्ट गरिएपछि यो भाइरसलाई केरला राज्यमा दर्जनौँको मृत्युसँग जोडिएको छ।

भारतीय मिडिया रिपोर्टका अनुसार, १४ वर्षीय बालकको आइतबार मृत्यु भएको थियो, भाइरस सङ्क्रमण पुष्टि भएको एक दिन पछि।

केरलाका विभिन्न भागहरू भाइरसको लागि विश्वव्यापी रूपमा सबैभन्दा जोखिममा रहेको भनिन्छ। रोयटर्सले गत वर्ष प्रकाशित गरेको अनुसन्धानले उष्ण कटिबन्धिय (ट्रपिकल) राज्य केरलामा द्रुत सहरीकरण र द्रुत वन विनाशका कारण ‘निपाह जस्ता भाइरसको उदयको लागि आदर्श अवस्था’ सिर्जना गरेको देखाएको थियो।

फ्रुट ब्याट के हो?
फ्रुट ब्याट, जसलाई ‘मेगाब्याट’ पनि भनिन्छ, विश्वका सबैभन्दा ठुला चमेरोहरूको समूह हो । सामान्यतया उष्ण कटिबन्धिय र उप( उष्ण कटिबन्धिय क्षेत्रहरूमा पाइने यी स्तनपायीहरू निपाह भाइरसका लागि प्राकृतिक ‘होस्ट’ हुन्।बीबीसी

 

तपाईको प्रतिक्रिया