झापा, ७ साउन २०८१ । झापाको दमकमा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ । इलाम सुर्योदय नगरपालिका-१३ लक्ष्मिपुर घर भई दमक नगरपालिका-३ धिमाल टोलमा बस्दै आएका सुर्य राईको १९ वर्षिय छोरा मौषम राईको मृत्यु भएको हो ।
सोमबार(आज)अन्दाजी २ बजेको समयमा राईले घरदेखी ३० मिटर पश्चिम पट्टि रहेको खोल्सिमा घरबाट बिजुलीको तार जोडि करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा घाइते भएका थिए । घाइते अवस्थामा फेला परेको उनलाई तत्काल उपचारको लागि दमक आम्दा अस्पतालमा ल्याई उपचार गर्ने क्रममा आज ३ः३० बजेको समयमा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सम्पुर्ण कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षकको टोली खटिएको साथै सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।