Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

काठमाडौँ, ६ साउन २०८१ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि राख्नु हुने प्रस्तावको पक्षमा नेपाली कांग्रेस संसदीय दलले मतदान गर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राख्नु हुनेछ ।

बैठकले संविधानको धारा ७६ (२) बमोजिम नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष ओलीको नेतृत्वमा बनेको सरकारका प्रधानमन्त्रीलगायत मन्त्रिमण्डललाई बधाई ज्ञापन गर्ने निर्णय गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

यसैगरी, बैठकले बङ्गलादेशमा चलिरहेको आन्दोलनबाट प्रभावित नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिकको सुरक्षा एवं इच्छुकहरुलाई स्वेदश फिर्तीको सहज वातावरण निर्माण गरिदिन सरकारसँग माग गरेको उहाँले बताउनुभयो ।

कांग्रेसले विगत केही समयदेखि अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परी प्रभावित तथा विस्थापित हुने नागरिकका लागि उचित राहत तथा व्यवस्थापन, बेपत्ताहरुको खोजी उद्धार, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था शीघ्रातिशीघ्र गर्न सरकारसँग माग गरेको प्रमुख सचेतक घिमिरेले जानकारी दिनुभयो ।रासस

 

तपाईको प्रतिक्रिया