Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

काठमाडौ, २१ असार २०८१ । चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘फेसनको पातलो चोली’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । Zeni Entertainment युटुब च्यानलबाट आज उक्त भिडियो सार्वजनिक भएको हो ।

जेनिशा नेपालको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन । पहिलाको र अहिलेको फेसनमा आएको परिवर्तन लाई मिलाएर लेखिएको गीतकार जेनिशा नेपालले बताइन ।

केशब अधिकारीको छायाँकन , बिश्वास भण्डारीको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफीमा भिडियो तयार गरिएको हो । उक्त भिडियोको निर्देशन रबिन श्रीले गरेका हुन । ‘फेसनको पातलो चोली‘ गीतमा मोडल दिपेन्द्र सोनाम र आयुष्मा कार्कीको फिचरिङ रहेको छ ।

‘फेसनको पातलो चोली‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया