Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

काठमाडौँ, २४ जेठ २०८१ । डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ जेठ २७ गतेदेखि प्रशारण हुने भएको छ। बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो।

शो एपिवान टेलिभिजनमार्फत प्रशारण हुने आयोजक आईडिए स्टुडियोले बताएको छ। सिजन टु मा सोलो, डुयल, ट्रियो र ग्रुपमा समेत प्रस्तुति गर्न पाइने बताइएको छ। प्रिमियरदेखि फिनालेसम्म निर्णायकको भिटो पावर लगाउन सक्ने व्यवस्था रहेको बताइएको छ। ​शोका लागि अडिसन राउण्ड सकिसकेको छ।

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गीत, संगीत, नृत्य र अभिनय सबै कलाकारिताका एक अर्काका परिपूरक भएको बताए। उनले अहिले पनि अवसर पाए नृत्य सिक्न मन रहेको बताए। उनले चलचित्रका लागि अहिले नृत्य सिक्नु अनिवार्य नै भइसकेको बताए।

उनले भने, ‘गीत, संगीत, नृत्य र अभिनय यी सबै कलाकारिताका एक अर्काका परिपूरक हुन्। जब म कलाकार बन्न आएको थिएँ। त्यति वेला यस्तो डान्स रियालिटी शो खासै थिएन। कहाँ सिक्ने होला भन्ने थियो। डान्स स्कुलहरू थिएनन्। चाहेर पनि डान्स सिक्न पाइनँ। अझै पनि मौका पाएँ भने सिक्ने कोसिस गर्दछु। फिल्मका लागि नृत्य अनिवार्य भइसकेको छ।’

‘डान्स च्याम्पियन सिजन २’ सिपमा कुनै पनि उमेरका सहभागी हुनसक्ने आयोजकले बताएको छ।

तपाईको प्रतिक्रिया