Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

एजेन्सी, १६ जेठ २०८१ । भारतको नयाँ दिल्लीस्थित मौसम विभागले अहिलेसम्मकै सबभन्दा उच्च तापक्रम मापन गरेको छ।

भारतीय समाचार संस्था एनडिटिभीका अनुसार दिल्लीको मुन्गेशपुरमा बुधबार दिउँसो साढे २ बजेको तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको हो।

यसरी तापक्रम बढेसँगै बिजुलीको माग पनि बढेको छ। बुधबारमात्रै बिजुलीको माग ८ हजार ३०२ मेगावाट पुगेको हो।

भारतका अन्य ठाउँमा पनि उच्च तापक्रम मापन भएका छन्। राजस्थानको फलोडीमा ५१ डिग्री मापन भएको थियो। हरियानाको सिर्सामा पनि ५०।३ डिग्री सेल्सियस मापत भएको हो।

पन्जाब, हरियाना, चण्डीगढ, दिल्ली, उत्तरप्रदेश, राजस्थान लगायत ठाउँमा तातो हावा चल्ने पनि विभागले जनाएको छ।

 

तपाईको प्रतिक्रिया