Online Bichar
शुक्रबार, पौष १९, २०८१ | Friday, January 3, 2025

काठमाडौं, १५ जेठ २०८१ । सरकारले हाल प्रदान गर्दै आएको विपन्न, दलित, सीमान्तकृत लगायतका विद्यार्थीलक्षित छात्रवृत्ति कक्षा-१२ सम्म विस्तार गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै छात्रवृत्ति कक्षा ६ देखि कक्षा १२ सम्म विस्तार गरेको घोषणा गरे।

उनले यसका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। यसबाट थप ४५ हजार विद्यार्थी लाभान्वित हुने उनको अपेक्षा छ।

यसअघि सरकारले कक्षा ९ देखि १२ सम्मलाई मात्रै छात्रवृत्ति दिँदै आएको थियो।

सरकारले गत वर्ष विद्यार्थीलाई लक्षित छात्रवृत्ति, विद्यालय तह, प्राविधिक तथा उच्च शिक्षामा गरी रु ३ अर्ब २ करोड विनियोजन गरेको थियो।

 

तपाईको प्रतिक्रिया