Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

जेबि खड्का
गौरादह, ८ जेठ २०८१ । लागूऔषध र्दुव्यसनी न्युनिकरण गर्ने उद्देश्यले गौरादहमा प्रदर्शन गर्न लागिएको सुरुङ नाटकको अन्तिम तयारी पूरा भएको छ। गौरादह नगरपालिका-१ र गौरादह साना किसान महिला कृषि सहकारीको सहयोगमा गौरादह जेसीजले नाटक प्रदर्शनको आयोजना गरेको छ।

सुरुङ नाटकको अन्तिम तयारी पूरा भए सँगै बुधबार साँझ-७ बजे गौरादह-२ मा रहेको सुरज शिक्षा प्रतिष्ठानमा पहिलो पटक प्रदर्शन गरिने गौरादह जेसीज वर्ष २०२४ का अध्यक्ष खड्ग बहादुर थापाले जानकारी गराएका छन्। लागुऔषध दुर्व्यसनीको क्षेत्रमा बिशेष गरि युवाहरुको सहभागीता बढी मात्रामा देखिएकाले यसलाई न्युनिकरण गर्न नाटकको माध्यमबाट सचेतना गर्ने प्रयास गरिएको अध्यक्ष थापाले जानकारी गराएका छन्। बिगतका बर्षहरुमा यस क्षेत्रमा रहेका संघ संस्था तथा प्रहरी प्रशासनहरुले बिद्यालय स्तरमा गरिएका सचेतना मुलक कार्यक्रमबाट मात्र सम्भव नदेखिएपछि नाटक प्रदर्शनको विकल्प प्रयोग गरिएको गौरादह जेसीज बर्ष २०२४ का साँस्कृतिक संयोजक अभिषेक गड्तौलाले जानकारी गराएका छन् । नगरपालिका भित्र बसोबास गरेका सबै नागरिकलाई लागु औषध दुर्व्यसनी मानव शरिरको स्वास्थ्य तथा धन सम्पत्ति सत्यानासका दृष्टिकोणले घातक रहेको दृश्य प्रदर्शन गरिने भएकाले नाटक हेर्न नगर वासीलाई साँस्कृतिक संयोजक गड्तौलाले अनुरोध गरेका छन् ।

लागू औषध दुर्व्येसनीका क्षेत्रमा युवाहरुलाई सरिक हुन नदिई जन धनको संरक्षण गर्न सहयोग पुर्याउने दृष्टिकोणले प्रदर्शन गर्न लागिएको नाटक गौरादह नगरपालिका भित्रका ९ वटै वडा भित्रका मुख्य चौक, बजार तथा बढी जनघनत्व रहेका बिद्यालयहरुमा प्रदर्शन गरिने गौरादह जेसीजकी एकता पोख्रेलले जानकारी गराइन् । लागू औषध दुर्व्यसन न्युनीकरण गर्ने उदेश्यले प्रदर्शन गर्न लागिएको सुरुङ नाटकमा गौरादह नगरपालिका भित्रका २० जना कलाकार सहभागी हुने गौरादह जेसीज पुर्व अध्यक्ष विनिता कटुवालले जानकारी गराइन। नाटकको निर्देशन भरत गुराँगाई बर्बरिसले गरेका छन।

तपाईको प्रतिक्रिया