Online Bichar
शुक्रबार, पौष १२, २०८१ | Friday, December 27, 2024

ताप्लेजुङ, ८ माघ २०८० । फुङ्लिङ नगरपालिका-३, मेदिबुङको बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयको क्याण्टिनमा आइतबार राति आगलागी भएको छ । आगलागीका कारण १३ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको विद्यालयका प्रधानाध्यापक युवराज बस्नेतले बताए ।

आगलागीका कारण १० लाख रुपैयाँमा निर्माण गरिएको भवन, त्यसमा रहेको २ लाख ५० हजार मूल्य बराबरका सामान र खाजा खाँदा बस्ने फर्निचरका सामाग्री जलेको बस्नेतले जानकारी दिए । अन्य भवनहरु नजिकै थिए । तर एउटा देखि अर्को भवनमा आगो सर्न नसकेकोले थप क्षति हुनबाट जोगिएको छ ।

आगलागीको कारण भने खुलेको छैन । ‘क्याण्टिन चलाउने भाइले बेलुका आगो मारेर घर गएको रहेछ,’ बस्नेतले भने, ‘आगो राम्रो नमरेकोले सल्कियो की भन्नेपनि छ ।’

विद्यालयमा यसअघि पटक/पटक चोरीपनि भएकाले कसैले नियत खराव गरेर आगो लगायो की भन्ने आशंका पनि रहेको उनले बताए । स्थानीय जनप्रतिनिधि लगायतले अवलोकन गरेको र थप अनुसन्धानका लागि प्रहरीलाई अनुरोध गरिएको बिद्यालयले जनाएको छ ।

सरकारले उपलब्ध गराउने खाजा यही क्याण्टिनमा बनाएर विद्यार्थीलाई उपलब्ध गराउँदै आएको विद्यालयले जनाएको छ । अतिरिक्ष कक्षा सञ्चालन गर्दा र शिक्षक तथा अन्य विद्यार्थीले पनि खाना र खाजा खाने प्रयोजनमा यसको उपयोग हुँदै आएको थियो । यहाँ कक्षा-१२ सम्मको पढाई हुन्छ भने हाइड्रो इञ्जिनियरिङको पनि पढाई हुँदै आएको छ ।कान्तिपुरबाट

तपाईको प्रतिक्रिया