Online Bichar
शनिबार, पौष २०, २०८१ | Saturday, January 4, 2025

काठ्माडौं, २४ पुस २०८० । सरकारले १६ जना प्रहरी नायव महानिरीक्षक (डिआईजी) को सरुवा गरेको छ। गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै मंगलबार उनीहरूको सरुवा गरेको हो।

जसमा अख्तियारमा रहेका चन्द्रकुवेर खापुङलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, केन्द्रीय अनुसन्धान व्युरोमा रहेका यज्ञ विनोद पोखरेललाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, प्रहरी प्रधान कार्यालयमा रहेका विष्णुकुमार केसीलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, प्रधान कार्यालयमै रहेका विकास राज खनाललाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र प्रहरीको प्रवक्तासमेत रहेका कुवेर कडायतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर सरुवा गरिएको हो।

त्यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेका लालमणि आचार्यलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहेका रविन्द्र केसीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, अपराध अनुसन्धान विभागमा रहेका सुरेन्द्र प्रसाद मैनालीलाई प्रधान कार्यालयको प्रदेश समन्वय विभाग, गण्डकी प्रदेश प्रहरी कार्यालयमा रहेका बुद्धिराज गुरुङलाई अख्तियार, बागमती प्रदेश प्रहरी कार्यालयमा रहेका किरण राणालाई केन्द्रीय अनुसन्धान व्युरो र कोशी प्रदेश प्रहरी कार्यालयमा रहेका राजेश्वर बास्तोलालाई प्रधान कार्यालयको अन्वेषण विभागमा सरुवा गरिएको हो।

त्यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहेका भरतबहादुर बोहोरालाई प्रधान कार्यालयको कार्यविभाग निर्देशनालय, कर्णाली प्रदेश प्रहरी कार्यालयमा रहेका भीमप्रसाद ढकाललाई प्रहरी महानिरीक्षकको सचिवालय, समन्वय विभागमा रहेका दुर्गा सिंहलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा रहेका उमेशराज जोशीलाई प्रशिक्षण प्रतिष्ठान र मधेस प्रदेश प्रहरी कार्यालयमा रहेका जनक भट्टराईलाई प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको हो।

 

तपाईको प्रतिक्रिया