काठमाडौं, २ पुस २०८० । शेयर बजारमा सोमबार पनि उत्साहजक वृद्धि भएको छ । बजार परिसूचक नेप्से सोमबार ३८.१४ विन्दुले बढेर २०६० दशमलव ४९ विन्दुमा पुगेको छ । सोमबार कारोबार रकम पनि झण्डै सात अर्ब नजकि पुगेको छ । कारोबारमा आएका ३०५ कम्पनीको २ करोड १४ लाख ९७ हजार १९ कित्ता शेयर ६ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीमा खरिद बिक्री भएको हो ।
सोमबार १६५ वटा कम्पनीको शेयर मूल्य बढेकोमा १३ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भयो । ७२ वटा कम्पनीका लगानीकर्ता भने सोमबार पनि गुमाएका छन् । हाइड्रो पावर उपसमूह बाहेक सबै उपसमूह बढेका छन् ।
लघुवित्त उपसमूह सबैभन्दा बढी ५ दशमलव ५३ प्रतिशतले बढेको छ । सोमबार हिमाल दोलखा हाइड्रोको सर्वाधिक २६ करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।