Online Bichar
शनिबार, पौष ०६, २०८१ | Saturday, December 21, 2024

शान्ति सुब्बा

झापा, २३ मंसिर २०८० । झापा प्रहरीले माटोले छोपेर ल्याउँदै गरेको अवस्थामा ५२ थान सखुवाको काठ बरामद गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिस्चरेबाट खटिएको प्रहरी नायब निरीक्षक कुमार खड्काको टोलीले आज (शनिबार) बिहान ५ः५० बजेको समयमा झापाको अर्जुनधारा नगरपालिका-५ बाँसबारी स्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे.१.त ८०५ नम्बरको टयाक्टरलाई चेकजाँच गर्दा माटोले छोपेर ल्याउँदै गरेको सखुवा जातको काठ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार चिरान गरेको ५ फिटको २ थान, ६ फिटको ११ थान, ७ फिटको १९ थान, ८ फिटको २० थान गरि ५२ थान अन्दाजी ५४.५ क्युफिट सखुवा जातको काठ फेला परेको जनाइएको छ । उक्त काठको अन्दाजी मूल्य २ लाख ७० हजार रहेको जनाइएको छ ।

काठ फेला परे पश्चात नियन्त्रणमा लिने क्रममा प्रहरीलाई ९५ हजार घुस दिन खोज्दा उक्त नगद र टयाक्टर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-३ का ४० वर्षिय कृष्ण श्रेष्ठ र ३८ वर्षिय रोहित घतानी रहेका छन् । उनिहरुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भईरहेको जनाइएको छ । बरामद गरिएको काठलाई डिभिजन वन कार्यालय भद्रपुर बुझाउने तयारी भइरहेको प्रवक्ता रिजालले बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया