झापा, २१ मंसिर २०८० । झापा अर्जुनधारा– ६ का नागरिकहरूले अब निःशुल्क रगत पाउने भएका छन् । अर्जुनधारा नगरपालिका वडा नं.६ र नेपाल रेडक्रस सोसाइटी झापा शाखाबीच निःशुल्क रक्त आपूर्तिका लागि बिहीबार सम्झौता भएको हो । वडा कार्यालयका तर्फबाट वडाध्यक्ष हरिश्चन्द्र बास्तोला र रेडक्रसका तर्फबाट रेडक्रस सोसाइटीका कोषाध्यक्ष ओमप्रकाश गौतमले संझौतापत्रमा हस्ताक्षर गरेका छन् ।
अर्जुनधारा नगरपालिका वडा नं।६ भित्रका विपन्न, आर्थिक अवस्था कमजोर भएका, रगतको खर्च व्यहोर्न नसक्ने बासिन्दाहरूका लागि आकस्मिक अवस्थामा नगरभित्रको बासिन्दा भएको प्रमाणको प्रतिलिपि जस्तै (नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र र राष्ट्रिय परिचयपत्र) पेस गरेको आधारमा रक्त सञ्चार सेवा बिर्तामोडमार्फत बिरामीलाई निःशुल्क रगत आपूर्ति गर्ने सहमति भएको रेडक्रस अर्जुनधारा उपशाखाका सचिव कमल पोखरेलले बताए ।
रक्तसञ्चार केन्द्रबाट बिरामीलाई आवश्यक पर्ने समूह ९ग्रुप० को रगत रेडक्रसबाट उपलब्ध गरिने र रगतको अभाव भएको अवस्थामा ताजा ९फ्रेश० रगत र दुर्लभ समूहको रगत आवश्यक परेको सम्बन्धमा बिरामी वा निजका आफन्तहरूबाट रगत व्यवस्थापन गर्नुपर्ने , त्यस अवस्थामा रगत खोज्ने कार्यमा रक्तसञ्चार केन्द्रको सहजीकरण तथा सहयोग रहने पोखरेलले जानकारी दिए । रगत आपूर्ति गरेबापत वडा कार्यालयले रेडक्रस सोसाइटीलाई एक लाख रुपैयाँ बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ ।