Online Bichar
शुक्रबार, पौष १९, २०८१ | Friday, January 3, 2025

इलाम, १५ कार्तिक २०८० । इलाममा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ । घाँस काटिरहेको बेला अरिंगालको टोकाइबाट इलाम नगरपालिका–१२ साङरुम्बामा एकजनाको मृत्यु भएको हो । घाइते अवस्थामा झापाको बिर्ता सिटी अस्पताल ल्याइएकोमा माङ्गसेबुङ्ग ३ का ३० वर्षीय सन्तोष लिम्बु उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दसैँमा ससुराली भेटघाट गर्न आएका उनी अरिंगाल झार्ने क्रममा टोकाइबाट घाइते भएका थिए । अरिंगालको टोकाइबाट घाइते भएका ५९ वर्षीय यामबहादुर लिम्बुको उपचार भइरहेको छ । यामबहादुर र उनको ज्वाइँ सन्तोष छिमेकीको बारीमा मङ्गलवार बिहान ८ बजेको समयमा भुईघाँस काटिरहेको बेला त्यहीँ रहेको चिलाउनेको रुखमा भएको अरिंगाल आएर टोकेको हो । उनीहरू दुबैलाई घाइते अवस्थामा इलाम जिल्ला अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि सन्तोषलाई झापा पठाइएको थियो ।

 

तपाईको प्रतिक्रिया