Online Bichar
शुक्रबार, पौष १२, २०८१ | Friday, December 27, 2024

गौरादह, ३ असोज २०८० । नेकपा माओवादी केन्द्रको जनतासग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत गौरादह नगरको बिशेष नगर भेला सम्पन्न भएको छ ।

गौरादह-८ जुरोपानी स्थित शिबालय मन्दिरको हलमा भएको विशेष भेलाले माधब भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय गौरादह नगर कमिटी समेत गठन गरेको छ ।

नगर कमिटीको उपाध्यक्षमा क्रमशः छबिन्द्र बस्नेत , गणेश राजबंशी र कमला खड्का रहनु भएको छ भने सचिबमा बिशाल ढकाललाई चयन गरिएको छ । त्यसैगरी सह सचिब कुमार पौडेल, शंकर कट्टेल र गणेश कार्कि , कोषाध्यक्षमा चुडा भुजेल चयन हुनुभएको छ । त्यसैगरी भेलाले सुनिल खड्का , राजन खनाल , ज्ञानेन्द्र लुइटेल , जागिराम अधिकारिलाई कार्यालय सदस्यमा चयन गर्दै ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

भेलामा बोल्दै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेशका पुर्व अर्थमन्त्री ,कोशी प्रदेशका माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्बोले ३ महिने अभियानले पार्टीलाई थप उचाइमा पुर्याउने बताउनु भयो । उहाँले प्रचण्ड सरकारमा आएपछि ( नागरिकता, भ्रस्टाचारी हरुलाइ पक्राउ, शुसासन) लगायतका धेरै कामहरु भएकाले माओवादीले मात्र देशको हितमा काम गर्ने समेत बताउनु भयो ।
माओवादीको एजेन्डामा टेकेर अरुले माओवादीलाई नै गाली गरेको देख्दा अचम्म लाग्ने गरेको पनि आङ्बोले वताउनु भयो ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सचिब गणेश उप्रेती (सुशील), प्रदेश कोषाध्यक्ष गगन पुरी प्रदेश सदस्य बिरेन्द्र बस्नेत , हुकुम सिंह नेपाली , दमक नगर इन्चार्ज वेदु गौतम लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

 

तपाईको प्रतिक्रिया