Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

एजेन्सी, २४ भदौ २०८० । शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरु बिस्थापित भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिस्थापित भएका उनीहरुलाई सुरक्षित स्थानमा सारिसकिएको छ । टाइफुन हाइकुई र मनसुनले बिहीबारदेखि पर्ल नदी डेल्टा क्षेत्रका धेरै शहर र काउन्टीहरुमा मुसलधारे वर्षा भइरहेको छ ।

जसका कारण बाढी पहिरो र सडक अवरुद्ध भएको छ । प्रान्तिय विपद् न्युनिकरण आयोगले १५ शहरमा बढी जोखिम रहेको बताएको छ । सेन्जेन, झुहाइ र जियाङ्मेन शहरहरु र फोशान, डोङ्गुआन र ग्वाङ्झाउका केही भागहरुमा विद्यालयसमेत बन्द गरिएको छ ।

त्यस्तै, ४७ रेल सेवाहरु अवरुद्ध भएका छन् भने ७९ सडक खण्डहरु, ६ वटा टोल बुथ र एउटा पुल अवरुद्ध भएको समाचारमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया