Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

एजेन्सी, १७ भदौ २०८० । सिंगापुरको राष्ट्रपतिमा स्वतन्त्र उम्मेदवार थर्मन शन मुगरत्नम निर्वाचित हुनुभएको छ । हालै सम्पन्न राष्ट्रपतिय निर्वाचनमा उहाँले दुई प्रतिस्पर्धीलाई पछी पार्दै राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो ।

उहाँका दुई प्रतिस्पर्धी मध्ये आँकोक सन्गले १५.७ र किन लियानले १३.८८ प्रतिशत मत ल्याउनु भएको हो । थर्मन भारतीय मूलका सिंगापुरका चर्चित अर्थशास्त्री हुनुहुन्छ भने आफनो पिपुल्स एक्सन पार्टी (पीएपी) छाडेर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

सिंगापुरमा राष्ट्रपति पद कार्यकारी पद नहुने र राष्ट्रपतिलाई स्वतन्त्र रुपमा बोल्न समेत बन्देज छ । यअघि थर्मनले सिंगापुरका अर्थमन्त्री र उपप्रधानमन्त्रीका रुपमा कार्यभार निर्वाह गरिसक्नु भएको छ । उहाँसँग संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मुद्रा कोषमा समेत काम गरेको अनुभव अनुभव छ ।

 

तपाईको प्रतिक्रिया