Online Bichar
शनिबार, पौष ०६, २०८१ | Saturday, December 21, 2024

एजेन्सी, १६ भदौ २०८० । अस्ट्रेलियाको अधिकांश स्थानमा गर्मी बढेको भन्दै सम्भावित विपद्बाट शतर्क रहन चेतावनी जारी गरिएको छ ।

जंगलमा डढेलो लाग्नसक्ने र गर्मी अत्याधिक बढ्नसक्ने भन्दै सबैलाई शतर्क रहन त्यहाँको मौसम विज्ञान ब्युरोले चेतावनी दिएको हो । गत बिहीबार जारी गरिएको पूर्वानुमानमा २०२३ मा अस्ट्रेलियाका अधिकांश स्थानमा वर्षा कम हुने बताइएको छ ।

त्यस्तै, तापक्रम पनि उच्च हुने बताइएको छ । गर्मीका कारण जंगलमा डढेलोको सम्भावना उच्च रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ । अधिकांश क्षेत्रमा गत वर्षको तुलनामा कम मात्रै वर्षा हुने र त्यसको असर कृषि उत्पादनमा पनि पर्ने बताइएको छ ।

अहिले अस्ट्रेलियाको तापक्रम १९६१—१९९० को औसतमा भन्दा १।५४ डिग्रि सेन्टिग्रेट भन्दा माथि चलिरहेको छ । यो १९९६ पछिकै सबैभन्दा गर्मी भएको हो ।

 

तपाईको प्रतिक्रिया