Online Bichar
शुक्रबार, पौष १२, २०८१ | Friday, December 27, 2024

एजेन्सी, १६ भदौ २०८० । क्यानडाको धेरै जंगलहरुमा आगलागी भएको छ । पश्चिमी प्रान्तका ब्रिटिश कोलम्बिया र नर्थवेस्ट टेरिटोरीका जंगलहरुमा डढलो लागेको हो ।

खडेरी र लामो समयसम्म बेमौसमी तापक्रम वृद्धिले डढेलो नियन्त्रण बाहिर रहेको बताइएको छ । २४ घण्टामा करिव २० ठाउँमा डढेलो लागेको छ । धेरैजसो डढेलो चट्याङका कारण लागेका हुन् ।

देशभर ४२० स्थानमा डढेलो लागेको बताइएको छ । सरकारले ४ हजार २ सय बढी परिवारलाई जोखिम क्षेत्रबाट स्थानान्तरण गरेको छ । त्यस्तै ६५ हजार बढीलाई स्थानान्तरण गराउन आदेश दिइएको छ । डढेलोको कारण प्रभावित प्रान्तमा दुई हप्ता आपत्कालीन अवस्था घोषणा गरिएको छ ।

ब्रिटिश कोलम्बियाले गत हिउँददेखि खडेरीको सामना गरिरहेको छ । उत्तरी क्षेत्रमा पानी नपर्दा आगो नियन्त्रणमा लिन झनै समस्या भएको बताइएको छ । सात दिनपछि मात्रै एकपटक दक्षिणी हावा बहेकोमा खशी भएको मन्त्री एमएले बताउनुभयो ।

डढेलो निभाउन सकिन्छ की सकिँदैन भन्ने यकिन गर्नै गाह्रो भइरहेको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया