काठमाडौं, १९ असार २०८० । पछिल्ला दिन बीयरिष ट्रेण्डमा रहेको बजारमा मंगलबार दोहोरो अंकको सुधार आयो ।
उतार चढावबीच बजार परिसूचक नेप्से १३ अंक बराबरले सकारात्मक रहेर २ हजार ८८ कायम भएर थामियो । कारोबार भने पछिल्ला दिनका तुलनामा घटेर अढाई अर्बमा खुम्चियो । सबै समूहमा हरियाली छाउँदा होटल तथा पर्यटन समूहमा सबैभन्दा उच्च २ प्रतिशतमाथिको वृद्धि आयो ।
वित्त र अन्य समूह पनि २ प्रतिशत हाराहारीमा उक्लिए । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए । मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ८२ कम्पनीको ६४ लाख कित्ता बढी शेयर २ अर्ब ५७ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
मंगलबार १ सय ४५ कम्पनीका लगानीकर्ताले कमाउँदा ७२ कम्पनीका लगानीकर्ताले गुमाए । मंगलबार पनि सीटी होटलका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत कमाउने क्रम जारी रह्यो ।