मेचीनगर, १८ असार २०८० । झापामा एनआईसी एसिया बैङ्कको एटिएमबाट रकम लुट्ने प्रयास असफल भएको छ । मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टामा सोमवार राती २ बजेको समयमा राधिका क्षेत्रीको घरमा सञ्चालित बैङ्कको एटिएमबाट रकम लुट्ने प्रयास असफल भएको हो ।
भुइँतलामा रहेको एटिएमको सटरमा मान्छे भित्र पसेर एटिएममा राखिएको रकम लुट्ने प्रयास भएको बैङ्कका मेनेजर रेवन्त न्यौपानेले बताए । तर, एटिएमको भल्ट नखुलेकाले करिब २० लाखभन्दा बढी रकम भने सुरक्षित रहेको पाइएको उनले बताए ।
अन्दाजी २० देखि २२ वर्षको नकाबधारी एक युवक एटिएमभित्र पसेर भल्ट फोड्ने प्रयास गरेको बैङ्कको सिसी टिभी फुटेजमा उनको भनाई छ । ुभल्ट खोल्ने प्रयास गरेको, तर नखुलेपछि त्यहाँबाट हिँडेको सिसी टिभीको फुटेजमा देखिन्छ,ु उनले भने ।
यता इलाका प्रहरी कार्यालय काँकडभिट्टा डीएसपी दीपक भारतीले बैङ्कको एटिएम फोडेर राति पैसा निकाल्ने प्रयास गरेको पाइएको छ । फरार रहेको युवकको प्रहरीले खोजी गरिरहेको उनले बताए ।टाइम्स अफ प्रदेशबाट