Online Bichar
शुक्रबार, कार्तिक ०२, २०८१ | Friday, October 18, 2024

झापा, १२ असार २०८० । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गुरूङलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।

ललित निवास जग्गा प्रकरणमा गुरूङ पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायत पुष्टि गरे। २०७७ माघ २१ गते ललिता निवास जग्गा हिनामिना मुद्दामा विशेष अदालतले व्यवसायी गुरूङलाई दुई करोड धरौटीमा छोडेको थियो। सो मुद्दामा अनुसन्धान भइरहेको छ।

सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको छ ।

ललिता निवास प्रकरणमा यसअघि तीन सयजनालाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो ।

 

तपाईको प्रतिक्रिया