एजेन्सी, २३ जेठ २०८० । इरानले सात वर्षपछि साउदी अरबमा पुन स् दूतावास खोल्ने भएको छ । चीनको मध्यस्थतामा गत मार्चमा भएको तेहरान र रियादबीचको सम्झौता अनुसार इरानले सात वर्षपछि साउदी अरबमा दूतावास खोल्न लागेको हो । पछिल्ला महिनामा दुई क्षेत्रीय शक्तिशाली राष्ट्रहरुले एकआपसको तनाव कम गर्दै आएका छन् । साउदीसँग कुटनीतिक दरार आएपछि इरानले सात वर्षअघि आफ्नो दुतावास बन्द गरेको थियो ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले मंगलबार तेहरानमा दूतावास खोल्ने, त्यसपछि जेद्दाहमा यसको वाणिज्य दूतावास र एकदिनपछि इस्लामिक सहयोग संगठनको प्रतिनिधि कार्यालय पुनःखोल्ने जानकारी दिनुभयो । दूतावास र वाणिज्य दूतावासले हज यात्राको सहजताका लागि काम थालिसकेको र अब दुई देशका विदेश मन्त्रालयका अधिकारीहरुको उपस्थितिमा औपचारिकता दिईने बताइएको छ ।
तेहरानमा साउदी दुतावास वा मशद राज्यको वाणिज्य दूतावास आधिकारीक रुपमा कहिले खुल्छ भन्ने आधिकारीक पुष्टि हुनसकेको छैन् । रियादले सन् २०१६ मा तेहरानसंग कुटनीतिक सम्बन्ध तोडेको थियो ।