Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

काठमाडौं, १ जेठ २०८० । मोबाइलको आयातलाई व्यवस्थित बनाउनका लागि सरकारले आइतबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू गरेको छ ।

सरकारले नेपालमा अवैध रुपमा भित्र्ने मोबाइलको ओरापसार रोक्नको लागि एमडीएमएस प्रणाली लागू गर्न लागेको हो ।

एमडिएमएस प्रणालीले औपचारिक रुपमा नेपालमा दर्ता भएका र नभएका मोबाइलको आधिकारिक तथ्यांक राख्ने र अब अवैध तरिकाले भित्राइएका मोबाइल नचल्ने भएका छन् । सरकारले वैदेशिक रोजगारीका लागि विदेशमा गएका नेपाली मुलुक फर्कदा थप एउटा मोबाइल ल्याउँदा भन्सार शुल्क छुटको व्यवस्था समेत गरेको छ ।

सरकारले गत आर्थिक वर्षको बजेटमार्फत् २०७८ साउनदेखि नै यो प्रणाली लागू गर्ने घोषणा गरे पनि तयारी नपुगेको भन्दै २०७९ पुस १५ गतेको भाका सारिएको थियो । नयाँ सरकार बनेसँगै उक्त प्रणाली त्तकाल लागू नगर्ने निर्देशन भएसँगै रोकिएको थियो ।

सरकारले वैदेशिक रोजगारीमा गएर र्फकने नेपालीहरुको हकमा लागू हुने गरी विदेशमा बस्दा चलाउँदै आएको भन्द थप एउटाद मोवाइल भन्सार तिर्न पर्ने व्यवस्था गरेको छ । भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले कानूनी छिद्र प्रयोग गरेर अवैध रुपमा मोबाइल ओसारपसार बढेकाल यसलाई नियन्त्रण गर्नको लागि प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागू गरिएको बताउनुभयो ।

उहाँले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागू नहुँदा सरकारलाई राजश्व संकलनको हिसाबले राज्यलाई गम्भिर क्षेती भइरहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा गएका सोजा सिधा मानिसहरुलाई प्रयोग गरेर केही व्यवसायी तथा तस्करहरु मोबाइल ओसारपसारमा लागेको बताउनुभयो । उहाँले अहिले पनि अवैधानिक रुपमा बजारमा भित्रिएका मोबाइल सख्याको करिब ४० लाखको हाराहारीमा रहेको बताउनुभयो ।

सूचना अधिकारी खड्काले एउटा मोबाइलको १५० लाखको मूल्याङ्कन गर्दा सरकारलाई १८ प्रतिशतसम्म राजश्व कम भइरहेको बताउनुभयो । उहाँले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागू हुँदा १० अर्ब राजश्व संकलन बढ्ने आकलन गरेको बताउनुभयो ।

उहाँले विद्यार्थी तथा पर्यटन र अन्य पक्षहरुलाई छाड्दा वार्षिक आगात जवातमा पनि दुरुपयोग भइरहेको बताउनुभयो । उहाँले भन्सार कार्यालयले दैनिक रुपमा नियन्त्रणमा लिएको मोवाइलको संख्या र त्यसबाट आएको करोडौंको राजश्वका विषयमा विश्लेषण गर्दा अबौं रकम जम्मा हुन अपेक्षा लिएको बताउनुभयो ।

उहाँले नेपालमा प्रयोग हुने मोबाइलहरुलाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) डिभाइस जडान गरेर मात्रै सञ्चालन गर्ने नयाँ अवधारणा सोमबारदेखि लागू भएको बताउनुभयो ।

उहाँले प्राधिकरणका अनुसार गत पुस १५ देखि नै सञ्चालनमा ल्याउने तयारी भए पनि भन्सारले एउटा भन्दा बढी मोबाइल ल्याएको हकमा कसरी नियमन गर्ने र दर्ता प्रक्रियामा लैजाने भन्ने विषय समय लागेकाले ढिलो गरी व्यवस्थापन गरेर लागू गरिएको बताउनुभयो । उहाँले विदेशमा बस्दा प्रयोग भएका बस्तुहरु ल्याउँदा एक थान मोवाइल ल्याउन पाउने प्रावाधान गरिएको बताउनुभयो।

उहाँले पछिल्लो चरणमा वैदेशिक रोजगारका र देशलाई रेमिट्यान्समा योगदान गरेकाहरुले नेपालमा आउँदा परिवारलाई थप एउटा मोबाइल ल्याउँदा पनि राजश्व लिएको गुनासो आएकाले त्यो गुनासो सम्बोधनको लागि प्रणाली लागू भएको बताउनुभयो ।

उहाँले विदेशमा ६ महिना भन्दा बढी बसेर आउने र थप एउटा मोवाइल ल्याउँदा मोवाइल ल्यानेहरुले भन्सारलाई जानकारी दिने र त्यही अनुसार दुरसञ्चारलाई पठाउँने बताउनुभयो। उहाँलेविद्यार्थी भिसामा गएर अध्ययन पूरा गरेर फर्कने विद्यार्थीहरुको हकमा विद्यार्थीहरुले अध्ययन पूरा गरेर नेपाल र्फकदा एक थान मोबाइलको हकमा भन्सार प्रक्रिया पूरा गर्नु पर्दैन तर उहाँहरुले थप मोबाइल लिएर आउँदा भन्सार तिर्नुपर्ने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया