काठमाडौं, २७ वैशाख २०८० । भारतमा जारी ईन्डियन प्रिमियर लिग ९आईपीएल० मा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई हराएको छ । मंगलबार राति घरेलु मैदान वांनखडे स्टेडियममा मुम्बईले बेंगलोरलाई ६ विकेटले हराएको हो ।
जितका लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १६ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईका लागि सूर्यकमार यादवले ८३ तथा निहाल वादेराले अविजित ५२ तथा इशान किशनले ४२ बनाए ।
बेंगलोरका लागि विजयकुमार बैशाख र वानिंदु हसरंगाले समान २र२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो ।
बेंगलोरका लागि ग्लेन म्याक्सवेलले ६८, कप्तान फाफ डु प्लेसिसले ६५ तथा दिनेश कार्तिकले ३० रन बनाए ।
मुम्बईका लागि जेसन बेह्रेनडर्फले ३ तथा कुमार कार्तिके, क्रिस जोर्डन र क्यामरुन ग्रीनले समान १र१ विकेट लिए ।
जितसँगै मुम्बई १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बेंगलोर भने १० अंकका साथ सातौं स्थानमा छ ।