Online Bichar
शनिबार, पौष ०६, २०८१ | Saturday, December 21, 2024

जेबि खड्का
गौरादह, ६ वैशाख २०८० । परम्परा काल देखि खेती किसानी गर्दै आएका किसानहरुले खेतीको बिकल्प खोज्न थालेका छन। आदिम कालदेखि खेती गर्दै आएका किसानहरु खेतीबाट मुनाफा नभएपछि त्यसको बिकल्प खोज्न थालेका हुन।बाबू बाजेका पाला देखि खेतीलाई प्रमुख पेसा बनाएर काम गर्दै आएका किसानहरु पछिल्लो समयमा खेतीबाट निरास बन्न थालेका छन।

खेतीमा आधुनिक प्रबिधिको बिकास भएसँगै त्यस अनुसारको प्रतिफल प्राप्त नभएपछि खेतीको बिकल्प खोज्न किसान बाध्य भएका छन।खेतीको बिकल्प खोजीरहेका गौरादह -३ धिमधिमे शान्ति टोल निवासी सोम प्रसाद रेग्मीले आफ्नै निवासमा बाख्रा पालन सुरु गरेका छन।पन्च पाण्डब कृषि फर्म दर्ता गरि व्यावसायिक रुपमा बाख्रा पालन गरिरहेका छन।नेपाल लाइभस्टक सेक्टर इनोभेसन कार्यलय बिराटनगर सँग साझेदारीमा व्यवसायीक रुपमा बाख्रा पालन गरेका हुन। लाइभस्टक सेक्टर कार्यलयको ५० प्रतिशत र आफ्नो ५० प्रतिशत लगानीमा बाख्रा पालन गरेको फर्म कि अध्यक्ष ईन्दिरा रेग्मी बताउँछिन्। अध्यक्ष रेग्मीका अनुसार जम्मा १ करोड ११ लाखको लगानीमा फर्म संचालन गरेको बताएकी छन।बाख्रा पालनका लागि १५ कठ्ठा जग्गामा ३ वटा भवन बनाएका छन। तीन बर्ष पहिले सुरु गरेको फर्ममा हाल सम्म २ सय ५० बाख्रा रहेका छन। फर्ममा बोयर र स्थानीय जातका बाख्रा रहेको फर्मका व्यवस्थापक सोम प्रसाद रेग्मी बताउँछन्। फर्ममा बाख्राका लागि आवश्यक पर्ने खानेकुरा बनाउने मेसिन साइलेस पिट संचालनमा ल्याउने तयारी गरेका छन। सोही स्थानमा कम्पोष्ट मल बनाउनका लागि कम्पोष्ट पिट पनि संचालनमा ल्याउने तयारी गरिएको पनि ब्यबस्थापक रेग्मी बताउँछन्। बाख्रा पालन व्यावसाय सुरु गरेपछि हाल सम्म ३ जनाले नियमित रोजगारी पाएको रेग्मीले बताएका छन। कामको अवस्था हेरी आवश्यकता अनुसार कामदार थप पनि गर्ने गरेको रेग्मी बताउँछन्। बाख्रा पालन सुरु गरेको ३ बर्ष मात्र भएकाले सोचेजस्तो आम्दानी नभएको रेग्मी बताउँछन्। आउने बर्ष देखि राम्रो आम्दानी हुने अपेक्षा गरिएको रेग्मीको भनाइ छ। बाख्रा पालनबाट हुने फाइदाका बिषयमा सर्वसाधारण नागरिकहरुलाई जानकारी गराउन बर्षै पिच्छे सार्वजनिक सुनुवाइ गर्ने गरेको ब्यबस्थापक रेग्मीको भनाइ छ।

गौरादह नगरपालिका वडा नं.३ का वडाध्यक्ष दिलिप भण्डारीको प्रमुख आतिथ्यमा सार्वजनिक सुनुवाइ गरिएको थियो।सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष भण्डारीले स्थानीय सरकारले किसानहरुलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन।स्थानीय सरकार किसानका समस्या प्रति उत्तरदायी रहेको बताउदै भण्डारीले टोल बिकास संस्थाबाट छनौट भएर आएका योजनाका आधारमा बजेट बिनियोजन गर्ने गरेको बताएका छन।अन्य व्यावसायको तुलनामा बाख्रा पालन ब्याबसाय सहज रहेकाले केही बर्ष पर्खदा सोचे भन्दा राम्रो आम्दानी हुने ब्यबस्थापक रेग्मीले बताएका छन।

 

तपाईको प्रतिक्रिया