Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

सुनसरी, ५ वैशाख २०८० । निजी क्षेत्रबाट संचालित भएको धरानको विजयपुर हस्पिटलले क्यान्सर र न्युरो सर्जरीको उपचार सेवा सुरु गरेको छ ।

सुनसरीको एक मात्र १ सय बेडको विजयपुर हस्पिटलले क्यान्सर र न्यूरो सर्जरी उपचार सुरु गरेको हस्पिटलका अध्यक्ष पंकज खतिवडाले बताउनुभएको हो । न्युरो सर्जरी, हाडजोर्नी, सल्यक्रिया, प्रसुती तथा स्त्री, बाल रोक, नाक कान घाटी, छाला, जनरल मेडिसिन, दाँत र आँखाको उपचार गर्दै आएको विजय हस्पिटलले बिरामीको सेवालाई मध्यनजर गर्दै क्यान्सर र न्युरो सर्जरी सेवा सुचार गरेको अध्यक्ष खतिवडाले बताउनुभयो ।

क्यान्सरको उपचार डा। राजिवकुमार देव र न्युरोको डा. रोशन खतिवडाले उपचार गर्ने हस्पिटलका प्रमुख अस्पताल प्रशासक इन्दु नेपाल योन्जनले बताएका छन् । डा। खतिवडाले न्युरो, क्यान्सरको उपचार सुरु गरेसँगै हस्पिटलमा अत्याधुनिक प्रयोगशालाबाट ल्याब परीक्षण, रेडियोलोजी सेवाबाट सिटी स्क्यान, स्डोस्कोपी, प्याथोलोजी, डिजिडल एक्सरेको सेवालाई समेत विस्तार गरेको बताउनुभयो ।

हस्पिटलले बिरामीलाई छिट्टो निको बनाउने उदेश्यले फिजियो थेरापी र प्लाष्टिक सर्जरी सेवाको विस्तार गरेर संचालन गरिएको अध्यक्ष खतिवडाले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया